९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्राधिकरणलाई नियमन आयोगको निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू



काठमाडौं । नियमनकारी निकाय विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ । सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको रिपोर्ट नआउँदासम्म अन्य निर्णय नगर्न भनिएको हो । उनले भने, ‘बक्यौता उठाउने कुरमा सम्झौता हुँदैन । स्पष्ट रूपमा उठाउने भनेका छौँ । बाँकी कुरा यथास्थितिमा राख्न भनिएको हो ।’ आयोगले यथास्थितिमा भन्दै घुमाउरो भाषामा प्राधिकरणलाई तत्काल लाइन नकाट्न भनेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ०९ बजे