९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय



१२ मंसिर । विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन तत्काल नकाटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।
बैठक उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको थियो । यसअघि विद्युत् नियमन आयोगले डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएको थियो ।

यद्यपी सञ्चालक समितिको निर्णयमा सञ्चालद्धय कपिल आचार्य र भक्तबहादुर पुनले भने असहमति जनाएका छन् ।

गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टीओडी मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो । लगत्तै कात्तिक २७ मा प्राधिकरण सञ्चालक समितिले मंसिर १२ भित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : १८ बजे