१२ मंसिर । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे)नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ।संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले वालुवाटारमा प्रधामन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।
ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहालयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
त्यस्तै फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन, समयअनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन फोटो पत्रकारहरुको प्रधानमन्त्रीलाई आग्रह थियो।
नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई प्रधानमन्त्रीले पत्रकारितामा फोटोको महत्व धेरै रहेकाले मैले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने आश्वासन दिएका थिए।
भेटमा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएका थिए।
प्रतिक्रिया