२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तह उपनिर्वाचन : आज मध्यरातबाट मौन अवधि सुरू हुँदै



१३ मंसिर । स्थानीय तहको उपनिर्वाचनको लागि आज मध्यरातबाट मौन अवधि सुरू हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने स्थानमा मौन अवधि सुरू हुनेछ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ ।

मौन अवधिमा उम्मेदवार र उनीहरूको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरूलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।

निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने जनाएको छ ।

आइतबार ४१ पदका लागि मतदान हुँदैछ । विभिन्न स्थानमा हुने मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १० : १६ बजे