१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित



२० मंसिर । पहिलो संस्करणको नेपाल प्रियिमर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको जनकपुर बोल्ट्सले लागतार तेस्रो जित निकालेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा बिहीबार कीर्तिपुरस्थित टियू मैदान भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकोटको सहज जित निकाल्यो।

यसअघि उसले विराटनगर किंग्स र कर्णाली किंग्समाथि समान ८ विकेटको जित निकालेको थियो। जारी प्रतियोगितामा जनकपुर बल र ब्याट दुवैमा उत्कृष्ट देखिएको छ।

पहिला ब्याटिङ गर्दै पोखराले दिएको १३९ रनको मध्यम लक्ष्य पोखराले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जिमी निशमले विस्फोटक ब्याटिङ गरे। उनले २० बलमा ५ छक्का प्रहार गर्दै नटआउट ४० रन बनाए।

यस्तै, लहिरु मिलन्थाले लागतार तेस्रो खेलमा ब्याटिङबाट राम्रो योगदान दिए। उनले ३२ बलमा ८ चौका प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए। आसिफ सेखले ३३ रन बनाउँदा हर्ष थाकरले १३ रन बनाए।

बलिङमा पोखराका लागि बिपिन खत्री, माइकल लेस्क र कुशल भुर्तेलले समान १ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनायो। उसका लागि मार्कस क्रिस्च्लीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाउँदा माइकल लेस्कले ३ बलमा ३ छक्का मद्दतमा २५ रन बनाए।

यस्तै, आन्द्रियस गोसले १६ बलमा २०, रेमन रेइफरले १७, दिलप नाथले ११ र दिनेश खरेलले १० रनको योगदान दिए। पोखरालाई सस्तैमा रोक्ने क्रममा जनकपुरका ललित राजवंशीले पुनः एकपटक उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। उनले ३ खेलमा ७ विकेट लिएका छन्। यस्तै, जिमी निशम २ विकेट लिए। आजै दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भीड्ने छन्।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १ : २८ बजे