१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सुदूरपश्चिमसँग काठमाडौं स्तब्ध, सुदूरको लगातार दोस्रो जीत



२० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनको फराकिलो अन्तरले जित निकालेको छ।

१६८ रनको लक्ष्य पाएको काठमाडौं १५ दशमलव ५ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो। सुदूरपश्चिमको जितमा नरेन साउदले कसिलो बलिङ गर्दै पाँच विकेट लिए।

लगातार विकेट गएपछि काठमाडौंले मध्यम लक्ष्य पछ्याउन सकेन। ७३ रनको फराकिलो हार व्यहोर्‍यो। योसँगै सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित हो भने तीन खेल खेलेको काठमाडौंले दोस्रो हार व्यहोरेको हो। हिजो भएको खेलमा भने काठमाडौंले कर्णाली याक्समाथि जित निकालेको थियो।

सुदूरको जितमा ३ दशमलव ५ ओभर बलिङ गरेका साउदले १९ रन मात्र दिएर पाँच विकेट लिए। यस्तै तीन ओभरमा एक मेडनसहित १२ दिएर अभिनास बोहोराले दुई विकेट लिए। ब्रान्डन म्याकमुलम र सैब जैबले एक/एक विकेट लिए।

काठमाडौंकाका तर्फबाट स्टेफिन इसकीनाजीले सर्वाधिक ३७ रन बनाउँदा सुमित महर्जन १४, भीम सार्की १० र गेरहार्ड इरासमसले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। सुदूरका लागि ब्रान्डन म्याकमुलमले अर्धशतकीय पारी खेले। ३६ बलमा तीन चौकासहित चार छक्कासहित ५३ रन बनाए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले २५ बलमा ४३ रन बनाउँदा सैब जैबले ११ रन बनाए।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : १२ बजे