१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भुटानी राजाले गरे स्वयम्भूनाथ दर्शन



२१ मंसिर । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै स्वयम्भू दर्शनका लागि पुगेका उनलाई स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा स्वागत गरेका थिए।

करिब आधा घण्टा त्यहाँ रहेका उनले स्वयम्भूनाथ परिसरबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए। आज बिहान नेपाल काठमाडौं आइपुगेका वाङचुकले स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ। भारतबाट काठमाडौँ आएका उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।