१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट



२१ मंसिर । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था गरेको छ। नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरुलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरेको हो।

एनआईएमबी बैंकले उक्त टिकट भुक्तानीको लागि डिजिटल माध्यमको व्यवस्था गरेसँगै अनलाइन भुक्तानी सम्भव भएको हो ।

यो व्यवस्था सुरू भएसँगै अब नेपालको एक मात्र सदर चिडियाखाना जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ।

साथै अवलोकनकर्ताहरुले आफ्नो मोवाइल बैकिङ्गबाट क्युआर कोड स्क्यानको माध्यमवाट सहज भुक्तानी गरी प्रबेश टिकट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।