१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


हुम्लामा हिमपातपछिको सुन्दरता (तस्विरहरु)



सिमकोट (हुम्ला)
यो सिजनमा पहिलोपल्ट हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिमपातसँगै यहाँका गाँउपाखा सेताम्मे भएर सुन्दर देखिएको छ ।
आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।


यहाँमा हिमपात भएपछि स्थानीय किसान खुसी भएका छन् । हिउपरेपछि अन्नबाली सप्रन्छ ।

हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

हिमपातसँगै उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।