२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजार ६.३२ विन्दुले झर्यो, कारोबार रकम पनि खुम्चियो



२५ मंसिर । शेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ६.३२ विन्दुले घटेर २६६९.८२ अंकमा अडिएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।

यस दिन चार अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँको शेयर कारोबार भयो । कारोबार रकम यसअघि १० अर्बमाथि पुगेको भएपनि अहिले खुम्चिएर पाँच अर्ब तल आएको छ ।

८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ कम्पनीको मूल्यमा गिरावट आयो । यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

१३ मध्ये जम्मा चार वटा समूहका सूचक बढेका छन् । यस दिन ३०३ कम्पनीको ८७ लाख ६८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ४६ बजे