९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


उच्च अंकले बढ्यो नेप्से परिसूचक



२६ मंसिर । बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज शेयर बजार ४५.८८ अंकले बढेर २,७१५ को विन्दुमा बन्द भएको छ। आज २११ कम्पनीको मूल्य बढेको छभने २९ को घटेको छ । ३ को मूल्य स्थिर छ । योसँगै आज न्यादी हाइड्रोपावरको शेयर मूल्य ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८ र माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ प्रतिशत मूल्य बढेको छ ।

मूल्य घट्नेमा भने खानीखोला हाइड्रोपावर रहेको छ । यस कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । साथै जोशी हाइड्रोको ८.२, महिला लघुवित्तको ६.२ र उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशतले घटेको छ ।

यस्तै, आज कारोबार समय भरिमा ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोडको कारोबार भएको छ। आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

 

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ०८ बजे