४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ ।

जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले अदालत उपस्थित गराइएको थियो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ३ : १० बजे