२ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा गरेको छ । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ तथा चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउने छ । क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग उत्तरार्धतिर लम्किएको छ । प्रतियोगितामा बुधबार चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनिटर’ खेल खेलिँदै छ । उक्त खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया