३ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा कर्णाली याक्सले जित हात पारेको छ ।
चितवनलाई २१ रनले हराउँदै कर्णालीले जित निकालेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कर्णालीले दिएको १७५ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनायो ।
रवि वोपराले अर्धसतक हानेपनि चितवनले लक्ष्य पुरा गर्न सकेन ।
कर्णालीसँगको हारले चितवन भने प्लेअफबाटै बाहिरिएको छ। बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको छ ।
रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३४ बलमा ३ चौका र ४ छक्का हाने ।
कप्तान कुशल मल्ल २१ रनमा विपिन शर्माको बलमा बोल्ड आउट भए। विपिन रावलले १८ र लुक वेनकेन्स्टाइनले १६ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीका लागि जिसन मक्सुदले तीन विकेट झारे। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए। विपिन शर्माले एक् विकेट आफ्नो नाममा गरे।
यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीका लागि जयकिसन कोल्सावाल र विलियम बसिस्टोले अर्धसतक पुरा गरे ।
जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए भने चाडविक वाल्टन ४६ रनमा अविजित रहे । जिसन मक्सदु १४ रनमा आउट भए । अरु व्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतिक्रिया