२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एसिया कप क्रिकेटमा नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो



काठमाडौँ
मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा बङ्गलादेशले टस जितेर पहिला बलिङ राजेको छ । वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला टस भएको हो । नेपाल र बङ्गलादेशबीचको उक्त खेल ११ः४५ बजेदेखि हुने भनिएको थियो । यस खेलमा बङ्गलादेशलाई पाखा लगाउदै नेपालको फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो ।

 

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।