३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शक्ति समूहकी संस्थापक दनुवारको निधन



८ पुस । शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ ।
सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पु¥याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

४७ वर्षीया दनुवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्थिन्। उनी केही दिनअघि मात्रै थाइल्याण्डबाट फर्केकी थिइन्।

अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो।अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा दनुवारलाई सम्मान गरेको थियो।

दनुवारको श्रीमान, एक छोरा र छोरी छन्।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।