२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण सेयर कारोबार रोक्का



११ पुस । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्स्चेन्ज (नेप्से)लाई पत्राचार गरेको छ। धितोपत्र बोर्डले समस्याग्रस्त बैंकसम्बन्धमा थप अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न समेत नेप्सेलाई भनेको छ।

नेपाल राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकले ऐनको दफा ८६ (ग) बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन समेत नियन्त्रणमा लिएको छ। बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत निलम्बनमा परेका छन्।

‘नेपाल राष्ट्र बैंकको मिति २०८१/०९/१०, पत्र संख्या वि.सं.सु.वि. / २०८१/८२ को पत्रानुसार सूचीकृत संगठित संस्था कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरिएको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएकोले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोवार स्थगन गरी,यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई पत्राचार गरिएको छ,’सूचनामा भनिएको छ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।