१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन घोषणा



११ पुस। नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र ढुवानी गर्ने ट्यांकरका समस्या समाधान नगरेको भन्दै सम्बद्ध ३ वटा संस्थाले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।

अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ अमलेखगञ्जले आईतबारदेखि संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

डिपोबाट लोडिङ–अनलोडिङ ठप्प पार्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिव राम ठकुरीका अनुसार ३ वटै संस्थाहरूले निजी ढुवानी ट्यांक–ट्रक व्यवस्थापन गर्नुपर्ने, बरौनी–अमलेखगञ्ज रुटमा गुड्ने १०४ वटा ट्यांक ट्रक व्यवस्थापन गर्नुपर्ने, १ थान ट्यांक ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने लगायतका माग राखेर ३ वटै संस्थाले संयुक्त आन्दोलन गर्न लागेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ११ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।