३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ आज थप बढ्यो



१२ पुस । सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चारसय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ५० हजार तीनसय रुपैयाँ थियो। आज सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज एक हजार आठसय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

 

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।