१५ पुस २०८१, सोमबार | Tue Dec 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पाटनमा चौसाठ्ठी बालचित्रकारहरुको प्रदर्शनी



ललितपुर
ललितपुरको पाटन दरवारस्थित संग्रहालयमा देश र विदेशका ६४ जना बालचित्रकारहरुको “योङ आर्टिस फ्रम द वल्र्ड, इन्टरनेशनल आर्ट एक्जिविसन २०२४” संयुक्त चित्रकला प्रदर्शनीको शनिबारबाट सुरु भएको छ ।
योङ्ग पिकासोको प्रस्तुती तथा कलर फर पिसको आयोजनामा संचालन गरिएको उक्त प्रदर्शनीमा बंगलादेश, भारत, मौरिससका १० तथा नेपालका ५४ जना बालचित्रकारहरुको चित्रहरु राखिएको छ ।

प्रदर्शनीमा ५ बर्षदेखी १५ बर्ष उमेर समूहका चित्रकारहरुको चित्रकला प्रर्दशनीमा राखिएको छ ।
चित्रकलाको ओपचारिक शुभारम्भ विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले गरेही छिन् । कार्यक्रममा योङ्ग पिकासोका निर्देशक अजय देशार, प्रतिभा समाजका अध्यक्ष बज्रराज बज्राचार्य, पाटन संग्रहालयका सूचना अधिकृत सुरेश लाखेलगायत सहभागी थिए ।
उद्घाटनपछि विदुर नगरपालिकाकी उपप्रमुख प्रभा वोगटीले सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक रुपमा धनी देशमा फरक धारका चित्रकारहरुको उत्पादन हुनु आवश्यक रहेको बताएकी छिन् ।
बोगटीले बालचित्रकारहरुको क्षमताले भविष्यमा नेपाली चित्रकला क्षेत्रमा विशेष योगदान गर्ने बताइन् ।
योङ्ग पिकासोका निर्देशक देशारले कलर फर पिससँगको सहकार्यमा १३२ देशका बालचित्रकारहरुको कलाको साटासाट गर्ने योजनाअनुरुप केही ५ देशका चित्रकारहरुको प्रदर्शनी गरिएको जानकारी दिएका छन् ।
प्रदर्शनी आगामी पुस १५ गते सोमबारसम्म चल्नेछ ।

 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ५५ बजे