विभिन्न जातजातिका धर्म संस्कृति झल्किने तस्बिरहरूको उत्कृष्ट १०० फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरु पुरस्कृत
काठमाडौं
१४ पुस । फोटोग्राफर सञ्जय मगरले विवाहोत्सवमा खिचेको तस्विर उत्कृष्ट घोषित भएको छ ।
काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ प्रतिश्पर्धामा उत्कृष्ट १ सय तस्विरलाई पछि पार्दै उत्कृष्ट बनेको हो ।
मगरले फुल फ्रेम मिररलेस क्यामेरासहित विभिन्न उपहारहरू जित्न सफल भएका छन् ।
विभिन्न जातजातिका धर्म संस्कृति झल्किने तस्बिरहरूको उत्कृष्ट १०० फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा सहायक बिधामा प्रि पोस्ट वेडिङ तर्फ उत्कृष्ट दिपक मैनाली बने । भिडियोतर्फ उत्कृष्ट भिडियोतर्फ पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरे।
संस्कृति पर्यटन तथा उडयन मन्त्री पौडेलले सबै फोटोहरू उत्कृष्ट रहेको र नेपाली संस्कृति र परम्परामा आधारित विवाहमा खिचिएका तस्बिरहरु र भिडियोहरूले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने बताए ।
काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेले देशै भरबाट फोटो र भिडियो पठाई सहयोग गर्नुहुने सम्पूर्ण फोटोग्राफर साथीहरूप्रति आभार व्यक्त गरेका थिए ।
उत्कृष्ट फोटोहरू नेपाल कला परिषदमा शनिबारबाट प्रदर्शनी सुरु भएको छ ।
प्रतिक्रिया