२१ पुस २०८१, आइतबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


३३ अंकले बजार घट्दा ५ अर्बको कारोबार



१६ पुस । मंगलबार शेयर बजारमा दोहारो अंकको गिरावट देखिएको छ। आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३३ दशमलव ०८ अंकको गिरावट देखिएको हो । दोहोरो अंकले परिसूचक घटेसँगै बजार २,५७६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ०१ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । निफ्राका लगानीकर्ताले ३ दशलमव ३२ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिएको छ । आज विकास बैंक समूहको २.७७ प्रतिशत र फाइनान्स समूहको ५.१९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ३० बजे