१७ पुस । काठमाडौं कीर्तिपुर नगरपालिका–६ पाण्डेछापमा रहेको चोभार स्वास्थ्य चौकीबाट कम्प्युटर र प्रिन्टर चोरी भएको छ । स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको प्रहरीले जनाएको छ ।
कम्प्युटर र प्रिन्टर गरी करिब एक लाख २५ हजार रुपैयाँ बराबरका सामान सोमबार राति चोरी भएको हो । चोरीको उजुरी प्रहरी वृत्त कीर्तिपुरमा परेको छ ।








प्रतिक्रिया