४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा सामान्य सुधार



१८ पुस । शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बिहीबार सामान्य सुधार भएको शेयर बजार परिसूचक नेप्से ४.६३ विन्दुले बढेर २५८५.२३ अंकमा आएको हो ।
अघिल्लो कारोबार दिन बुधबार ५.१० अंकले बढेको बजार आज ४.६३ अंकले बढेर २५५८६.२३ विन्दुमा आइपुगेको हो।

बजारमा सामान्य सुधार हुँदा चार अर्ब ६० करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त भएको छ । यस दिन कारोबारमा आएका १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यस दिन चार कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् ।

आठ वटा समूहका सूचक सकारात्मक देखिएको यस दिन विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ । बिहीवार तीन सय १५ कम्पनीको एक करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स अगाडी छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।