भक्तपुर
फेसन डिजाइनरहरुको प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले जितेका छन् ।
पाँचौं संस्करणको भक्तपुरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा
१४ जना फेसन डिजाइनरहरु प्रतिष्पर्धी रहेको थिए ।
प्रतियोगितामा सबी श्रेष्ठ ‘फस्ट रनर अप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ भए । त्यस्तै सजिना मोनिकर ‘मष्ट पपुलर’ भइन् ।
विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले ताज तथा विभिन्न पुरस्कार प्रदान गरे ।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरुले सहभागिता जनाएका थिए ।
डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरुले ¥याम्पमा प्रस्तुत गरेका थिए । प्रतियोगितामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहेकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक थिए ।
फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्जिव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रुपमा काम गरेका थिए ।
प्रतिक्रिया