६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंबाट नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने दुई पुरुष पक्राउ



काठमाडौं
काठमाडौंबाट नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने दुई व्यक्तीहरु पक्राउ परेका छन् ।

प्रहरीको अनुसार नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर

प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई
काठमाडौकों कागेश्वरी मनोहरा
नगरपालिका–७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका–१० घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरीले ठगी गरेका हुन् ।
उनीहरुले प्रहरीको पोशाक लगाएर नक्कली प्रहरी परिचय
पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेका हुन् । उनीहरुले ठगी गरिरहेको उजुरीपछि काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
घटनाका सम्बनधमा विस्तृत अनुसन्धान सुरु गरेर कानूनी कारवाहीको प्रकृया अघि बढेको प्रहरीले बुलेटिन मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : १० बजे