९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर धापाखेलमा कारमा आगलागी



ललितपुर

ललितपुर धापाखेलमा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ। ललितपुर महानगरपालिका–२३ धापाखेल गैह्रीधारामा पार्क गरेर राखिएको बागमती प्रदेश ०१२–०२८ च २४६३ नम्बरको कारमा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहान ३ बजे आगलागी भएको सूचनापछि सातदोबाटो वृत्तबाट प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी १३ जना प्रहरी र ललितपुर महानगरका १५ जना प्रहरी खटिएका थिए। आगो दुई वटा दमकल प्रयोग गरी बिहान सवा ४ बजे आगो नियन्त्रणमा लिइएको छ। कार वीरगन्ज घर भई सोही स्थानमा बस्ने कल्पना बुढाथोकीको रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।