२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


पेट्रोलियम पदार्थको मूल्य वृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : ५५ बजे