काठमाडौँ
तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जनालाई प्रदान गर्ने भएको छ ।
संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिएका छन् । सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही रु २५ हजार रहेको छ ।
विसं २०७४ मा स्थापित फाउन्डेसनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ । स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन यही माघ ९ गते उक्त सम्मान दिइनेछ । दस वर्षको उमेरदेखि गीत गाउन थालेकी गायिका तारादेवीले करिब तिन हजार पाँच सय गीतमा स्वर र सङ्गीत दिएका थिए ।
प्रतिक्रिया