चापागाँउ
दक्षिण ललितपुरको परिचित सहकारी संस्थामा गनिन्छ, सम्झना कृषि सहकारी संस्था । यस सहकारीले १२ औं साधारणसभा मार्फत विभिन्न योजना सार्वजनिक गरेको छ ।
सहकारीले यही आर्थिक बर्षबाट मुक्तिनाथ कृषि कम्पनीमार्फत विभिन्न कृषि सामाग्री सुपथ मूल्यमा बिक्रि वितरण गर्ने भएको छ ।
सहकारीले आउदो आर्थिक बर्ष २०८१ ८२ लाई जोखिम ऋण न्युनिकरण कर्षको रुपमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस का लागि ऋण बर्गीकरण गर्ने, खराव र कमसल ऋणलाई २ प्रतिशतमा झर्नेलगायतको काययोजना अघि बढाएको छ ।
सहकारीले शेयर सदस्यहरुलाई १ हजार खर्च उपलव्ध गराउने,सामुहिक खेती गर्ने किसानलाई १ प्रतिशत व्याज अनुदान दिने, श्रीमानको मृत्यु भएका शेयर सदस्यलाई ५ हजार सहयोग दिने योजना अघि सारेको छ ।
सहकारीले ऋण नतिर्ने सदस्यहरुको ऋण रकम र परिचय सामाजिक सञ्जाललगायत सञ्चारमाध्यमहरुबाट सार्वजनिक गर्ने समेत चेतावनी दिएको छ ।
ललितपुर जिल्लाभर कार्यक्षेत्र तोकेर कारोबार गर्दै आएको सम्झना कृषि सहकारीले बाह्रौं साधारण सभामार्फत विभिन्न कार्ययोजना प्रस्तुत गरेको हो ।
चापागाँउका कार्यालय स्थापना गरेर सञ्चालनमा रहेको यस सहकारी संस्थामा महिला सदस्यहरुको बाहुल्य छ । १ हजार ९ सय ९७ महिला सदस्य रहेका छन् भने ४ सय १३ जना मात्रै पुरुष सदस्य रहेका छन् । सहकारीले ८५ वटा केन्द्र मार्फत ३ सय ९६ समूह निर्माण गरेर कारोवार गरिरहेको संस्थाका व्यवस्थापक विकाश विष्ट बताउछन् । भन्छन्, हामी धेरै कारोबार सामूहिक जमानी गरिरहेका छौं । महिलाहरुको बाहुल्य रहेकाले यस सहकारीमा कारोबार, ऋण र वचतमा सजिलो बनेको छ ।
सहकारीमा कुल बचत १८ करोड सात लाख रहेको छ भने कुल लगानी उनानतीस करोड एक्काइल लाख रहेको उनी बताउछन् ।
एनका अनुसार कृषि र उत्पादनमा आधारित सहकारी भएको कारण आर्थिक कारोबार सहज छ । उनी भन्छन्, ‘उद्यममा जोडिएका सदस्यहरु रहेकाले हामीलाई ऋण उठाउन र लगानी गर्न समस्या छैन । ’
गएको आर्थिक बर्षमा सहकारीले ५ करोड ६ लाख आम्दानी गरेको छ । खर्च तर्फ ४ करोड ६१ लाख भएको छ । सहकारीको खुद नाफा ४५ लाख रहेको प्रतिवेदनमार्फत जानकारी दिइएको छ ।
सहकारकोे २०८१ ८२को बार्षिक तथा आर्थिक प्रतिवेदन साधारणसभाबाट अनुमोदन भएको छ ।
५ माघ २०८१, शनिबार
108
Shares
प्रतिक्रिया