९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


यी तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै एनआईसी एशिया बैंक, प्रभु बैंक र हिमालयन बैंकमाथि कारबाही गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समिति र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको छ ।

त्यस्तै , राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको छ।

त्यसैगरी, राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडका संचालक समिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नसिहत दिएको छ । बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : १४ बजे