१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


सञ्चारकर्मी गीता अधिकारीको आलेख संग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण



सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेख संग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ ।
मंगलबार काठमाडौंमा नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।
सञ्चारकर्मी अधिकारीको जन्म दिनको अवसर पारेर कार्यक्रममा कलाकारहरु उत्तम केसी,लय संग्रौला, नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह, गीतकार वसन्त वित्यासी थापा, गीतकार चूडामणि देवकोटा, पत्रकार शान्तिप्रिय, गीतकार अमर वान्तु, पत्रकार शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए ।

कृतिकार अधिकारीले विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताइन् ।
गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय छिन । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् ।
गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।