२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो



काठमाडौँ
सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ ।
मङ्गलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रु २० बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।