५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।