२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारमा गिरावट



काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव २६ अङ्कले घटेर २६७८ दशमलव ४७ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०२ कम्पनीका ७८ हजार ८३५ पटकको कारोबारमा १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँ रहेको छ ।

७६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।