४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर–३ बाट निर्वाचित तोसिमाको सांसद पद रहने/नरहने फैसला हुँदै



ललितपुर । ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने अथवा नरहने फैसला आज हुने भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवार भई निर्वाचित सांसद डा.तोसिमाको रिटमा फैसलाको मिति आजका लागि तोकेको छ ।

गत पुस २५ गते पनि फैसलाका लागि मिति तोकिएकोमा निसु (निर्णय सुनाउने) मिति सरेर आइतबार (आज)का लागि पेसी तोकिएको थियो । डा. तोसिमाको रिट न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा छ ।

कार्कीले नेपाल मेडिकल काउन्सिलको निर्वाचित कार्यकारी सदस्यबाट राजीनामा नदिइ उमेदवारी दर्ता गरेपछि निर्वाचन आयोगले कार्कीको उमेदवारी ०७९ कात्तिक १२मा खारेज गरिदिएको थियो ।
निर्वाचन आयोगको उमेदवारी खारेज हुने निर्णयविरुद्ध डा. कार्कीले कात्तिक १४ मा रिट दायर गरेकी थिइन् । उक्त रिटमा कात्तिक १५ गते प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. कुमार चुडालको इजलासले कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही आदेशमा निर्वाचन आयोगलाई उमेदवारी खारेज गर्नुको कारण लिखित रूपमा पेस गर्न पनि भनिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।