ललितपुर । ललितपुर महानगरपालिका भित्र निर्माण भएका भवनको अनिवार्य रुपमा अभिलेखीकरणा गर्नुपर्ने भएको छ । महानगरले सोमबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका भवनको ‘नियमित/अभिलेखीकरण ऐन २०८१’ अनुसार निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्नुपर्ने भएको हो ।
महानगरका अनुसार २०८१ फागुन ११ गतेदेखि तीन महिना अर्थात २०८२ जेठ ७ गते कार्यालय समयभित्रमा उक्त ऐन, भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता बमोजिम निर्माढा भएका वा सो मा हेरफेर गरी निर्माण भएका संरचनाको नियमित अभिलेखीकरण गर्नुपर्ने छ ।
नियमित/अभिलेखीकरणका लागि विभिन्न कागजात संलग्न गरी हार्डकपी एक सेटसहित विद्युतीय माध्यम प्रणालीमार्फत निवेदन पेश गर्नुपर्ने छ ।
नियमित/अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत÷घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कित्ता नम्बर स्पष्ट भएको नापीको प्रमाणित नक्सा, जग्गाको साइट प्लान, भवनको सबै तलाको साइट प्लानलगायत काजगात पेश गर्नुपर्ने महानगरले जनाएको छ ।
प्रतिक्रिया