४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी रत्नपार्क रुटमा चल्ने साझा बसले साइकल यात्रीलाई ठक्कर दिँदा मृत्यु, चालक पक्राउ



काठमाडौं । गोदावरी रत्नपार्क रुटमा चल्ने साझा यातायातको ठक्करबाट काठमाडौँको जमलमा साइकलयात्रीको मृत्यु भएको छ । मंगलबार बिहान विश्वज्योति हल नजिकै बा५ख ८७६१ नम्बरको बसको ठक्करबाट घाइते भएका अम्बर बहादुर बोगटीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हाे ।

मृतक ओखलढुंगाको रानीवन नगरपालिका–७ घर भएर डल्लु बस्दै आएका थिए । भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको साझा यातायातका चालक रामहरि नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबिच साझा यातायात सहरकारी संस्थाले घटनाबारे समवेदना व्यक्त गर्दै अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।