काठमाडौं । काठमाडौं हाँडीगाउँका विभिन्न रुटमा महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ । पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको थियो ।
कुन-कुन रुट बन्यो एकतर्फी ?
१. काठमाडौँ महानगरपालिका-५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२. विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाउने ।
३. हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।
४. नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५. ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।
६. वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।
७. बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।
प्रतिक्रिया