५ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बानेश्वरमा चन्दा उठाउने एक जना पक्राउ



काठमाडौं । चन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अभिलेख अनुसार राई यसअघि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।