५ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा अधिक गतिमा सवारी चलाएर लापरबाही



काठमाडौं । अधिक गतिमा सवारी साधन चलाएर लापरबाहीका कारण दुर्घटना भएपछि भक्तपुर ट्राफिक प्रहरीले कारबाही प्रक्रिया तीब्र पारेको छ ।

साउनयता सडक दुर्घटनाको अवस्था हेर्ने हो भने, त्यो संख्या १ सय ६० पुगेको छ । सल्लाघारी–पुरानो थिमि, सानोठिमी–मनोहरा सडक खण्डमा मात्रै १ सय ६० वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको तथ्याङ्क छ ।

सडक दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीब्र गति नियन्त्रण अभियान थालेको प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए । यस सडक खण्डमा ४० किमी प्रतिघण्टा गति कायम गरिएको छ ।

निकोसेरा चोकदेखि मनोहरा पुलसम्म २० ठाउँमा गति सम्बन्धी चेतना एवं सूचनामूलक बोर्डहरु राखिएको प्रमुख खत्रीले बताए । यसका लागि ट्राफिकलाई मध्यपुर थिमि नगरपालिकाले आर्थिक सहयोग जुटाइदिएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।