काठमाडौं
काठमाडौंको किर्तीपुरबाट बलत्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका–२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बोहराले एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
७ फाल्गुन २०८१, बुधबार
172
Shares
प्रतिक्रिया