१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हनुमानढोकामा मारिने युवक ललितपुर बुङमतीका



काठमाडौं । काठमाडौँ हनुमानढोकामा मारिएका व्यक्ति ललितपुर, बुङमतीका भएको खुलेको छ। काठमाडौँ महानगरपालिका वडा नं २४ मा पर्ने यटखा गल्लीमा मृत फेला परेका व्यक्ति ललितपुरको कार्यविनायक नगरपालिका वडा नं ११, बुङमतीका २८ वर्षीय सुशन शाक्य भएको पुष्टि भएको छ।

उनी बिहान ५:५० बजे मृत फेला परेका थिए। यस घटनामा संलग्नताको आशंकामा दुई जना पक्राउ परेका छन्। थप अनुसन्धान जारी छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ।

पक्राउ परेका दुवै जना नाबालक छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १० : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।