काठमाडौं । लगातार २११.०१ अंकको वृद्धिपछि सेयर बजारमा सामान्य ‘करेक्सन’ देखिएको छ। गएको दुई साता नै सबै कारोबारमा उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि ७५.२४ अंकले बढेको थियो।
सोमबार भने बजार १३.६१ अंकले घटेर २८७६.६६ बिन्दुमा झरेको छ। १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको बजारमा ५१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो।








प्रतिक्रिया