२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विरोधका गतिविधि बढ्न थालेपछि काठमाडौं प्रशासनद्वारा निषेधाज्ञा जारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको भनाइ छ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।