८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा होली लक्षित सुरक्षा योजनाः १ सय २१ ठाउँमा चेकिङ



काठमाडौं । काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा आज रङको पर्व होली मनाइँदै छ । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ ।

बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा ट्राफिक र स्थानीय प्रहरीले १ सय २१ ठाउँमा चेकजाँच गर्नेछन् ।

सवारीसाधन चलाउनेहरुले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने बताइन् । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् ।

इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।