८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मूर्तिदेखि चरेसका भाँडा चोरी गर्ने ललितपुरका विक्रम न्यौपाने पक्राउ



ललितपुर । १० वर्षदेखि चोरी गर्दै आएका ललितपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई ललितपुर महानगरपालिका– २३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार दिउँसो भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनी विगत १० वर्षदेखि चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित शाखा कार्यालय जावलाखेलको टोली धापाखेलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

यसअघि उनीविरुद्ध दुई वटा मुद्दा चलेको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिएको प्रहरीले बताएको छ । त्यसपछि पनि चोरीका घटनामा उनको नाम मुछिए पनि उनी फरार हुँदै आएका थिए ।

उनीबाट प्रहरीले तामा, चरेसका विभिन्न ३४ थान भाँडा बरामद गरेको छ । डिजिटल क्यामेरा ३ थान, फलामको खुकुरी, खुँडा, बन्चरो, चक्कुलगायत १३ थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न ब्राण्डका ९ थान मोबाइल, एप्पलको आइप्याड एक थान, १५ थान घडी, १८ हजार नेपाली रुपैयाँ, पुराना सिक्काहरु, एक÷एक थान मोटरसाइकल र स्कुटर, विभिन्न देशका १६ थान नोट, सुन चाँदीका गरगहनाहरु र बुद्धको मूर्ति १ थान बरामद भएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।