काठमाडौं । काठमाडौं झोर क्षेत्रबाट करिब २५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बरामद गरी प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा ना ७ ख १६५२ नम्बरको ट्रकमा जाँच गर्दा उक्त परिणाममा विदेशी मुद्रा फेला पारेको जनाएको छ ।
भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा ट्रकसहित नियन्त्रणमा लिएको प्रहरीले सोमबार दिउँसो सार्वजनिक गरेको छ ।
लामा ७ केजी सुन तस्करीको एक मुद्दामा पहिल्यै ५ वर्षजेल सजाय काटिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया