८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेलको ललितमण्डपमा सर्वसाधारणको आकर्षण



ललितपुर । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकस्थित ललितमण्डप उचित व्यवस्थापनसँगै सर्वसाधारणका निम्ति आकर्षणको केन्द्रका रुपमा परिणत हुँदै गएको छ । केही वर्षअघि अस्तव्यस्त मण्डप परिसर ललितपुर महानगरले व्यवस्थित बनाएपछि नागरिकका लागि प्रतीक्षास्थलका रुपमा पनि विकसित भएको छ ।

महानगरले ललितमण्डप परिसरलाई पार्कका रूपमा व्यवस्थित गरेपछि थप आकर्षक बनेको स्थानीय बताउँछन् । बस्न चारैतिर बेञ्च र ठाउँठाउँमा गमालामा हरियो बिरुवा राखिएका छन् । मुख्य चोकमा व्यवस्थित पार्क निर्माण भएपछि नागरिकले सहजका साथ आराम गर्न र प्रतिक्षा गर्न पाएका छन् ।

ललितपुरलाई सुन्दर संस्कृतिक सहरका रूपमा स्थापित गर्ने लक्ष्यकासाथ जावलाखेलको ललितमण्डप पसिरलाई व्यवस्थित गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘जावलाखेल ऐतिहासिक ठाउँ हो । ऐतिहासिक सम्पदाको संरक्षण गर्दैै यहाँको सम्पदाको प्रवद्र्धन र व्यवस्थापनमा महानगर योजनाबद्ध रूपमा लागेको छ ।’

यहाँ हरेक वर्षको रातो मच्छेन्द्रनाथको रथारोहनपछि अन्तिम दिनमा भोटो देखाउने गरिन्छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार रातो मच्छिन्द्रनाथको रथ तानेपछि राष्ट्र प्रमुखद्वारा भोटो देखाउने अन्तिम दिन यहाँ राखिएका गमला र बेञ्चहरू अर्को ठाउँमा सारिन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।