२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सालकको खपटा बोकेर काठमाडौं आउँदै गरेका व्यक्ति थानकोटमा पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका ४ पानीघाट्स्थित चित्लाङ–थानकोट सडकखण्डबाट सालकको खपटासहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–६ घर भएका वर्ष ३२ का सुवास तामाङ रहेका छन्। प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले मकवानपुरको चित्लाङबाट काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको कालो रङको झोला भित्र अखेटोपहार सालकको खपटा जस्तो देखिने वस्तु फेला पारेको प्रहरीले जनाएको छ।

उनलाई बरामद वस्तुहरूसहित डिभिजन वन कार्यालय, काठमाडौं हात्तिसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनको साथबाट सालकको खपेटा जस्तो देखिने वस्तु थान–८, नङ्ग्रा थान–१, एकिन खुल्न नसकेको हड्डी थान–१, दुम्सीको काँडा जस्तो चिज बस्तु थान–३, नगद रु५२ हजार र कलर्स कम्पनीको सादा मोबाइल थान–१ बरामद भएको छ।

 

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।